नियम २१
उपाध्यक्ष र सदस्य–सचिवको सेवा शर्त तथा सुविधा

(१) उपाध्यक्ष परिषद्को पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।

(२) सदस्य–सचिव परिषद्को पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।

(३) उपाध्यक्ष र सदस्य–सचिवले आफ्नो पदमा बहाली गरेको दिन देखि पारिश्रमिक पाउनेछन् ।

(४) उपाध्यक्ष र सदस्य–सचिवको पारिश्रमिक, सेवाका अन्य शर्तहरु र सुविधा सम्बन्धी व्यवस्था विनियम नबनेसम्म नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।